जनता टाइम्स

२९ श्रावण २०८१, मंगलवार १४:३२

प्रस्तावित राजदुत बिरुद्द १० दिन भित्र उजुरी दिईसक्नु पर्ने


काठमाडौं, २९ साउन । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि प्रस्तावित राजदुत बिरुद्द उजुरी दिन आब्हान गरेको छ । आज बसेको सुनवाई समितिका बैठकले १८ जना प्रस्तावित राजदुत बिरुद्द उजुरी दिन आब्हान गर्ने निर्णय गरेको हो ।

आजको बैठकको निर्णय अनुसार समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति शमशेर जबराले जानकारी दिनुभयो ।

उहाँका अनुसार भोलिको गोरखापत्र दैनिकमा उजुरी आब्हान सहितको सूचना आउने र संसद् सचिवालयले पनि सूचना राख्ने पनि जानकारी दिनुभयो । उहाँका अनुसार संसद सचिवालयमा स्वयंम उपस्थित भएर वा अन्य माध्यमवाट उजुरी दिन सकिने जानकारी दिनुभयो ।