काठमाडौं, साउन २९ । नेपालका लागि बेलायती राजदूत रब फेनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तासँग शिष्टचार भेटवार्ता गर्नुभएको छ ।
भेटमा दुई देशबीचको सम्बन्ध र आपसी सहयोगका बारेमा कुराकानी भएको मन्त्री गुप्ताका नीजि सचिवालयले जनाएको छ । नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो मुलुक बेलायत हो । नेपाल-बेलायतबीच द्विपक्षीय सहकार्य २०० वर्षभन्दा बढी भइसकेको छ ।
सो कुरा उल्लेख गर्दै मन्त्री गुप्ताले पछिल्लो समय दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएकोमा खुसी व्यक्त गर्नुभएको थियो । बेलायत नेपालको पुरानो र भरपर्दो विकास साझेदार रहेको बताउनुभयो ।

मन्त्री गुप्ताले बेलायतले नेपाललाई सामान्य मात्र नभइ अप्ठेरो परिस्थितिमा समेत सहयोग गर्दै आएकोमा धन्यवाद दिँदै अझ सहयोगको अपेक्षा रहेको बताउनुभयो । बेलायतले नेपालमा गर्दै आएको अन्य कार्यक्रमका विषयमा पनि उहाँहरुबीच संवाद भएको मन्त्रालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्