जनता टाइम्स

३० श्रावण २०८१, बुधबार १४:५१

‘माओवादी जनयुद्ध’ भन्नु पर्यो भने जातै जाला जस्तो गर्छन : प्रचण्ड


काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध शब्द सुन्न नचाहेको देख्दा छक्क परेको छ ।

‘हिंसात्मक द्धन्द्ध भनेर लेखेको भनेको देख्छु, माओवादी जनयुद्ध भनेर लेख्न र बोल्न पर्दा जातै जान्छ जस्तो गर्छन,’ प्रचण्डले भन्नुभयो,‘माओवादी जनयुद्ध नभएको भए यो संसारकै नयाँ मोडेलको शान्ति प्रक्रिया सम्भव भएको हो ।’

उहाँका अनुसार पुर्णबहादुर खडका नेतृत्वको समितिले नै माओवादी जनयुद्ध भनेर उल्लेख गरेको पनि उहाँले स्मरण गराउनुभयो ।