जनता टाइम्स

१ भाद्र २०८१, शनिबार १६:३६

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच लामो छलफल, यस्तो छ निश्कर्ष


काठमाडौं, भदौ १ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवाबीच लामो छलफल भएको छ । सत्तारुढ दुई दलका प्रमुख नेताबीच आज लामो छलफल भएको हो ।

सरकार गठन भएको एक महिना पूरा भएपछि दुई नेताबीच सरकार सञ्चालनको बिषयमा छलफल भएको हो ।

‘केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए । सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए,’ देउवासँगको भेटबारे नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँहरुबीच सरकारले अव गर्नुपर्ने कामको बिषयमा छलफल केन्द्रित रहेको थियो ।

‘आज शनिबार ! नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो । केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए । सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए,’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको छ ।