काठमाडौं भदौ २ । उच्च अदालत बार एसोसिएसन पाटनमा एमाले र माओवादीको प्यानलले बिरोधी टीमलाई क्लिनस्वीप गरेको छ । शनिवार भएको निर्वाचनको मतगणनाको परिणामअनुसार एमाले र माओवादी गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका विदुरप्रसाद ढुंगाना नेतृत्वको टीमले क्लीनस्वीप गरेको हो ।
आज घोषणा भएको परिणामअनुसार एमालेनिकट प्रगतिशील कानुन व्यवसायी ढुंगाना ११ सय ४० मत प्राप्त गरी अध्यक्षमा बिजयी हुनुभएको छ । उहाँसँग प्रतिस्पर्धा गर्नुभएका नेपाली कांग्रेस निकट कानून ब्यवसायी गोपाल श्रेष्ठले ४ सय ९० मत मात्र पाउनु भएको छ । श्रेष्ठ नेकपा एकीकृत समाजवादीसहितका अन्य दलसँग गठबन्धन बनाएर उम्मेदवार बन्नुभएको थियो ।
यस्तै उपाध्यक्षदेखि सदस्यहरुमा पनि ढुंगानाकै समुहका उम्मेदवार निर्वाचित भएका छन । निर्वाचनमा उपाध्यक्षमा बिष्णु ऋषि कोइरुाला ११ सय ४२ मत ल्या
एर बिजयी बन्दा प्रतिस्पर्धी दुर्गाप्रसाद चिमरियाले ४ सय ४० मत र सचिवमा प्रवल शर्मा ११ सय ५१ मत ल्याएर बिजयी बन्दा प्रतिस्पर्धी देविप्रसाद रिजालले ४ सय ३० मत पाउनु भएको छ ।
यसैगरी सहसचिवमा सुशिला चौधरी ११ सय ४३ मत ल्याएर बिजयी बन्दा प्रतिस्पर्धी एशोदाकुमारी पाण्डेले ४ सय ३२ मत र कोषाध्यक्षमा भुपाल बस्नेतले ११ सय ४५ मत प्राप्त गरी बिजयी बन्दा लइमी रेग्मीले ४ सय ३२ मत पाउनु भएको छ । यसैगरी सदस्यहरुमा पनि ढुंगाना समुहकै सवै उम्मेदवार बिजयी भएका हुन ।
सदस्यमा बिजयी हुनेमा चित्रबहादुर कुताल बिष्ट, रामानन्द चौधरी थारु (राजु) तिलकबहादुर पाण्डे, भानु निरौला, छन्दप्रसाद आचार्य, भीष्मप्रसाद पौड्याल, सुशिला श्रेष्ठ, कृष्णसिंह महरा, रेशम कँडेल, निकेशकुमार लम्साल र केशव खतिवडा हुनुहुन्छ ।
निर्वाचितमध्ये सहसचिव सुशीला चौधरी र सदस्य तिलकबहादुर पाण्डे माओवादी निकट कानून ब्यवसायी हुनुहुन्छ भने बाँकी एमाले निकट कानून ब्यवसायी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्