जनता टाइम्स

६ भाद्र २०८१, बिहीबार ०९:३४

मकवानपुरको मनहरीमा भैँसीले मार्यो बाघ


मनहरी गाउँपालिका ६ प्रतापपुरमा गएराती स्थानीय बलबहादुर राईको गोठमा बाघ पसेर भैंसीलाई आक्रमण गरेको थियो । भैंसीले पनि जवmाफी आक्रमण गरी बाघलाई नै मारिदिएको हो ।

हेटौंडा, भदौ ६ । तपाईंले भैसीले बाघ मारेको थाह पाउनु भएको छ ? छैन भने मकवानपुरको मनहरीको भैसीको कथा पढनोस । अव बाघले भैसी होइन, भैसीले पनि बाघ मारेको कथा सन्न पाइने भएको छ ।

मकवानपुरको मनहरीमा भैँसी मार्न गोठभित्र छिरेको बाघ भैसीकै आक्रमणको सामना गर्न नसकेर मरेको छ । स्थानीयको गोठमा पसेर त्यहाँ रहेकोे भैंसीलाई आक्रमण गर्न खोज्दा भैंसीकै आक्रणबाट बाघको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मी भण्डारीका अनुसार मनहरी गाउँपालिका वडा नम्बर ६ प्रतापपुरमा गएराती स्थानीय बलबहादुर राईको गोठमा बाघ पसेको थियो । गोठभित्र पसेर बाघले भैंसीलाई आक्रमण गर्दा भैंसीले पनि जवाफ फर्काएको थियो । सोही क्रममा भैंसीको आक्रमणबाट बाघको मृत्यु भएको छ ।

मकवानपुरका प्रहरी प्रवक्ता भण्डारीका अनुसार बाघले आक्रमण गर्दा एउटा भैंसी घाइते भएको छ । बाघले गोठमा पसेर भैँसीलाई आक्रमण गरेको स्थानीयले प्रहरीलाई खबर गरेको र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली र पर्सा बन्यजन्तु आरक्षण शुरक्षार्थ खटीएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामीटार ब्यारेकबाट नेपाली सेनाको टोली घटनास्थलमा पुग्दा बाघ मृत अवस्थामा फेला परेको हो ।

मकवानपुर प्रहरी प्रवक्ता भण्डारीले घटनास्थलमा खटिएको प्रहरी टोलीको भनाई उधृत गर्दै भैँसीले हान्दा बाघको मृत्यु भएको देखिएको बताउनु भयो । मरेको सो बाघलाई चितवन राष्ट्रिय निकुन्ज शुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटीएको नेपाली सेनाको टोलीले लगेको छ ।