काठमाडौं, साउन ६ । सरकारले टिकटक खुलाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको उहाँले बताउनु भयो । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गतवर्ष कात्तिकदेखि सामाजिक विकृति बढेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
यद्यपी, भीपीनलगायतबाट टिकटक भने चलिराखेको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएसँगै टीकटक खोलिएको हो । मन्त्रिपरिषदले शर्तसहित टिकटक खोल्न दिने निर्णय भएको सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो ।
‘सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको थियो ।
सोही निर्देशनका आधारमा सञ्चार मन्त्रालयले प्रस्ताव तयार गरेको हो । सो प्रस्तावलाई मन्त्रिपरिषदले पारित गरेको हो ।
दश महिना अगाडीको प्रचण्ड सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध बर्तमान प्रधानमन्त्री के पी ओली सरकारले हटाएको छ। सामाजिक संजाल मार्फत बयक्तिक स्वतन्त्रता उपयोग गर्न पाउने तर अराजकता र अपराध नहोस भनेर शर्त तोकेको हो ।
यस्तो छ शर्त
सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि संचार मन्त्रालयमा सूचिकरण गर्नुपर्ने, सूचिकृत भएको सामाजिक सञ्जालको प्वाइन्ट अफ कन्ट्याक्ट तोक्नुपर्ने शर्त र सरकारले पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने, डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षामा र आइटीबेस बनाउन सहयोग गर्नुपर्ने, कन्टेन बनाउँदा भाषाको फिल्टरिङ गर्नुपर्ने छ।
प्रतिक्रिया दिनुहोस्