रामेछाप, भदौ ९ । दोरम्बा शैलुङको पहिरोमा परी ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ ।
पहिरोमा परी ज्यान गुमाउनेमा ३० वर्षीया चण्डीका थापा मगर, उनका १८ महिनाका छोरा आमस थापामगर रहेको प्रहरीले जनाएको छ । यसैगरी ४० वर्षीया उर्मिला पहरी, १७ वर्षका सन्दीप, १८ वर्षका विज्ञान र १४ वर्षका सन्तोष पहरी रहेका छन् । मृतक चारै जना एकै परिवारका हुन ।
यस्तै, ७५ वर्षीया फड्की पहरी, ५५ वर्षका काले पहरी, ५४ वर्षीया, झ्याउकिरी पहरी र २३ वर्षीया बिन्दा पहरी बेपत्ता रहेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकी १० वर्षीया अञ्जना पहरीको भने जिवितै उद्धार गरिएको छ।
प्रतिक्रिया दिनुहोस्