काठमाडौं, भदौं ९ । यौनकाण्डमा मुछिएकी नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यको पद धरापमा परेको छ । महासचिव घनश्याम भुसालले केन्द्रीय कमिटी बैठकमा सहभागी हुनबाटै बन्चित गरेपछि ती नेतृको पद धरापमा परेको हो ।
जनताटाइम्स डटकमले साउन ३२ गते नेकपा एसका पूर्वपदाधिकारीसँग ती महिला नेतृको यौनकाण्डको भिडियोको समाचार प्रकाशन गरेपछि छानविन अघि बढेको भन्दै महासचिव भुसालले बैठकमा सहभागी हुन रोक्नुभएको हो ।
नवनिर्वाचित केन्द्रीय सदस्यलाई शपथ गराउँदै आइतबारदेखि शुरु हुन लागेको बैठकमा सुदुरपश्चिम घर भएकी यौनकाण्डकी ‘नायिका’ उपमा पाएकी ती नेतृलाई महासचिव भुसालले बैठकमा नआउनु भन्ने निर्देशन दिनभएको हो ।
भुसालको सो निर्देशनपछि एक पूर्वपदाधिकारीलाई साथमा लिएर ती नेतृ हारगुहार गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगेको तर नेपालले यस बिषयमा महासचिवकै अडान सही भन्दै फर्काउनु भएको एक नेताले बताए ।
अध्यक्ष नेपालले अश्लील भिडियो वास्तविक हो वा होइन भन्ने कुरा छिनोफानो नलागेसम्म बैठकमा सहभागी नगराउने पार्टी निर्णय रहेको भन्दै दुवै जनालाई फर्काई दिनुभएको हो । ती महिला नेतृको यौनकाण्डको अर्काे भिडियो पनि बाहिर आइसकेको छ । पहिलो र दोस्रो भिडियोमा फरक फरक ब्यक्ति रहेका छन ।
प्रतिक्रिया दिनुहोस्