जनता टाइम्स

१० भाद्र २०८१, सोमबार १९:५२

नेकपा एकीकृत समाजवादीमा चर्काे लफडा, रामकुमारीको धम्कीपछि चुनावबाट पदाधिकारी छान्न तयार भए माधव नेपाल


काठमाडौं, भदौ १० । महाधिवेशनलाई भारदारी सभामा परिणत गरेको नेकपा एकीकृत समाजवादीभित्र पदाधिकारी चयनलाई लिएर चर्काे लफडा देखिएको छ ।

पदाधिकारीका आकांक्षी धेरै हुनुका साथै नेताहरु तीन गुटमा बिभाजन भएपछि निर्वाचनबाट पदाधिकारी चयन गर्नुपर्ने बाध्यतामा सो पार्टी पुगेको हो । नेकपा एकीकृत समाजवादीका एक नेताले जनताटाइम्स डटकमलाई दिएको जानकारी अनुसार अध्यक्ष माधव नेपालले गर्नुभएको प्रस्तावमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले असहमति जनाएपछि चुनाव हुन लागेको छ ।

‘तीन नेताबीच नै चर्काे बिवाद देखिएको र केन्द्रीय समितिले ठाडै अस्वीकार गर्ने अवस्था रहेपछि चुनावबाटै पदाधिकारी छान्न लागिएको हो,’ ती नेताले जनताटाइम्स डटकमसँग भने । उनका अनुसार पदाधिकारी चुनावबाट छान्नुपर्ने अवस्था आएपछि नेताहरु आफ्नो पक्षधर केन्द्रीय सदस्य र नेता मिलाउन जुटनु भएको छ । पदाधिकारी चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइएको छ ।

नेकपा एसका अर्का नेताले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार निवर्तमान सचिव तथा नेतृ रामकुमार झाँक्रीले खल्तीको नाम आए अस्वीकार गर्ने भन्दै निर्वाचनबाटै पदाधिकारी छान्नुपर्ने र त्यसो नगरे बहुमत सदस्यले बिद्रोह गर्ने धम्की दिएपछि चुनावबाट पदाधिकारी छान्न अध्यक्ष नेपाल बाध्य हुनुभएको हो । अध्यक्ष नेपाल आफ्नो बहुमत राखेर दुई नेतालाई भागबण्डा गर्ने योजनामा रहेको थाह पाएपछि झाक्रीले बिद्रोहको धम्की दिएर चुनावमा जान बाध्य पार्नुभएको ती नेताको भनाई छ ।

नेकपा एसको गत असार २० गते महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गरेको थियो । एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ सदस्यीय र केन्द्रीय समिति सदस्य संख्या २९९ सदस्यीय रहने व्यवस्था रहेको छ । तर बिधानलाई तिलाञ्जली दिएर नेकपा एकीकृत समाजवादीले तोकिएको भन्दै निकै धेरै केन्द्रीय सदस्य बनाएको छ ।

महाधिवेशनबाट तीन पदाधिकारी चयन भएले थप पदाधिकारीका लागि निर्वाचन आयोग अध्यक्ष माधव पौडेलले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको छ । जसअनुसार सोमवार २ बजदेखि ६ बजेसम्म मतदानको समय तोकिएको छ ।

यस्तो छ निर्वाचन कार्यतालिका