जनता टाइम्स

११ भाद्र २०८१, मंगलवार १३:३६

नेकपा एसको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित


काठमाडौं, भदौ ११ । नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित हुनुभएको छ ।

पाण्डेसँग प्रतिस्पर्धा गर्न उम्मेद्वारी दर्ता गराउनु भएका घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित हुनुभएको हो । डेढ महिनाअघि अध्यक्ष र महासचिव सर्वसम्मत गरेको नेकपा एसले पदाधिकारी र पोलिटब्युरो सदस्य मतदानबाट टुंग्याउन लागेको हो ।

केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट अब ६ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव निर्वाचित हुनेछन । त्यस्तै १०५ जना पोलिटब्युरो सदस्य निर्वाचित हुनेछन ।