जनता टाइम्स

१२ भाद्र २०८१, बुधबार ००:२५

नेकपा एसको निर्वाचनमा अध्यक्ष माधवले नै प्यानल बनाएको खुसाला, सम्धी र ब्यापारी राखेर रामकुमारी र बिरोध खतिवडामाथि गम्भीर घात


काठमाडौं, भदौ १२ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफैले पदाधिकारी निर्वाचनमा प्यानल बनाउनु भएको रहष्य खुलेको छ । रामकुमारी झाक्रीसहित ४ दर्जन उम्मेदवारको नाम काटेर माधवले चिट बाँडेको भेएिपछि उहाँले प्यानल बनाउनु एको तथ्य उजागर भएको हो ।

नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटव्युरो सदस्यको निर्वाचनका लागि आज मतदान भएको हो । मतदानको बेला माधव सुमहले आफ्नो समुहको भन्दै लिस्ट बाँडिएको छ । ३४४ जना केन्द्रीय कमिटी सदस्यले गर्ने मतदानमा समेत फरक फरक चिट बाँडिएको थियो ।

अध्यक्ष माधव नेपाल पक्षबाट जिताउनुपर्ने भनेर बाँडिएको लिस्टमा रामकुमारी झाँक्री र बिरोध खतिवडाको समेतको नाम छैन । महिला उपाध्यक्षमा उम्मेदवारी दिनुभएएकी झाँक्रीको ठाउँमा जयन्ती राईको नाम राखिएको छ  भने उपाध्यक्षमा उम्मेदवारी दिनुभएका खतिवडाको नाम हराउनेको सूचीमा राखिएको भेटिएको छ ।

माधव समुहले उपमहासचिवमा राजेन्द्रकुमार राई, लक्ष्मण केसी, रामचन्द्र यादव र रामकुमार भट्टराईको सूची बाँडेको छ । यसैगरी सचिवमा साबित्रा भुसाल, दिलुकुमारी पन्त, श्रीनाथ बराल, सोमप्रसाद पाण्डे, शेरबहादुर कुँवर, टोकबहादुर वाइवा र गणेश बिकको सूची बाँडिएको छ ।

माधवको बदमासी बाहिर आएपछि आक्रोशित बनेका नेताहरुले मतगनणा स्थलमा नारावाजी गरेपछि बिवाद भएको छ । मतगणना अघि बढिरहेको बेला तीन जना केन्द्रीय सदस्यलाई मतगणना स्थलमा लगेपछि विवाद भएको बताइएका छ ।