काठमाडौं, भदौ १२ । नेकपा एसको पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम आएको छ ।
अन्तिम परिणाम अनुसार माधव नेपाल निकट मानिएका तीन जना विजयी हुँदा चौथो उपाध्यक्षमा भानुभक्त जोशी विजयी हुनुभएको छ ।
उपाध्यक्षमा नेपाल पक्षका डा. गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १६१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी हुनुभएको छ ।
जोशी बाहेक अरुलाई मत दिन अध्यक्ष माधव नेपाल निकट नेताहरुले ‘चिट‘ नै बाँडेका थिए । महिला उपाध्यक्षमा पनि नेपालको ‘चिट’ लिस्टमा रहेकी जयन्ती राई विजयी हुनुभएको छ ।
यसैगरी उपमहासचिवमा मेटमणि चौधरी १५८ मतसहित विजयी हुनुभएको छ । यस्तै रामकुमार भट्टराई र गरिमा शाह समान १०७ मत र राजेन्द्र राईले १०६ मत पाउनु भएको छ । ४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो ।
यस्तै २६ जना उम्मेदवार रहेको सचिवमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्