जनता टाइम्स

१२ भाद्र २०८१, बुधबार १०:२२

यी हुन चुनावबाट निर्वाचित नेकपा एसका पदाधिकारी


काठमाडौं, भदौ १२ । नेकपा एकीकृत समाजवादीले चुनावमार्फत १७ जना पदाधिकारी छानेको छ ।

अध्यक्षसहित तीन पदाधिकारी महाधिवेशनबाट स्वघोषणा गरेको नेकपा एसले बरिष्ठ उपाध्यक्षमा निर्बिरोध र अन्य पदाधिकारी चुनावमार्फत चयन गरेको हो । उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले मंगलबार निर्वाचन गरेकोमा बुधबार बिहान अन्तिम नतिजा आएको छ ।

जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित हुनुभएको छ । राईले चर्चित नेतृ रामकुमारी झाँक्रीलाई पराजित गर्नुभएको हो । यस्तै उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथप्रसाद साह निर्वाचित हुँदा खुला उपाध्यक्ष पदमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षमा निर्वाचित जयन्ती, गंगालाल र जगन्नाथ अध्यक्ष माधव नेपाल पक्षधर हुनुहुनछ भने प्रकाश ज्वाला, भानुभक्त, धर्मनाथ महासचिव घनश्याम भुसाल पक्षधर हुनुहुन्छ । यसैगरी उपमहासचिव रामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित हुनुभएको छ ।

यस्तै सचिव (दलित समुदाय) पदमा गणेश बहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाती) पदमा बलदेव चौधरी, सचिव खुलामा श्रीनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्राकुमारी भुसाल विजयी हुनुभएको छ ।

दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा भुसाल घोषित हुनुभएको थियो । महाधिवेशन प्रतिनिधिलाई घर पठाएर उहाँहरुले आफैलाई नेता घोषणा गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्षमा मंगललबार नै राजेन्द्र पाण्डे निर्विरोध भएका हुनुभएको छ ।