काठमाडौं, भदौ १२ । संघीय राजधानी काठमाडौंमै नेकपा एकीकृत समाजवादी र अध्यक्ष माधव नेपाललाई ठूलो झड्का लागेको छ ।
नेकपा एस मुलुक र कम्युनिष्ट आन्दोलनको बिरुद्धमा लागेको पुष्टि भएको भन्दै काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष र सचिव सहित प्रभावशाली नेताहरु नेकपा एमालेमै फर्किनु भएको छ । उपाध्यक्ष बटुकृष्ण थापा, सचिव ध्रुवराज न्यौपानेलगायतका जिल्लाका सवै प्रभावशाली नेता–कार्यकर्ताहरु आज नेकपा एमालेमा फर्कनुभएको हो ।
उहाँहरुले मंगलवार नेकपा एस परित्याग गर्नुभएको थियो । आज पुरानै घर फर्कनुभएको हो । नेकपा एस त्यागेर एमाले फर्कनु भएका नेताहरुलाई नेकपा एमाले वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेललगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभएको छ ।
सो पार्टीका एक सय बढी नेता कार्यकर्ता नेकपा एमालेमा फर्कनु भएको एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका भट्टराईले जानकारी दिनुभयो । एकीकृत समाजवादीमा पदाधिकारी र पोलिटब्युरो सदस्य चएन भइरहँदा काठमाडौं अधिकांश नेताहरूले सो पार्टी परित्यागको घोषणा गर्नुभएको थियो ।
एकीकृत समाजवादी पार्टीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेकोले आफूहरू पुरानै पार्टीमा फर्किएको उहाँहरूले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्