जनता टाइम्स

१३ भाद्र २०८१, बिहीबार २०:४३

गृहसचिव एकनारायण अर्याल मुख्यसचिव नियुक्त


काठमाडौं, भदौ १३ । गृह गृह मन्न्त्रालयका सचिव एकनारायण अर्याल मुख्यसचिव नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषदको बैठकले गृहसचिव अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । अर्याल निजामति प्रशासन क्षेत्रमा निश्कलंक र अब्बल मानिनु हुन्छ ।

बैठकपछि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यक्षमता र बरिष्ठताका आधारमा मुख्यसचिवमा सचिव अर्याललाई नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । मुख्यसचिव लीलादेवी गडतौलाले आगामी शनिवारबाट अवकाश पाउन लाग्नुभएको छ ।

को हुन मुख्यसचिव नियुक्त अर्याल ?

नवनियुक्त मुख्यसचिव अर्याल २०२४ मंसिर १० मा जन्मिनु भएका थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधान एवम् गृहमन्त्रीमा नियुक्त भएपछि अर्यालले गृह सचिवको जिम्मेवारी पाउनु भएको थियो ।

गृहसचिवको जिम्मेवारी पाउनुअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार क्षेत्र हेर्दै आउनु भएको थियो । ४ वर्षअघि सचिवमा बढुवा भएपछि अर्यालको पहिलो पदस्थापन काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भएको थियो । काठमाडौं महानगरपछि अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवका जिम्मेवारी सम्हाल्नुभएको थियो भने त्यसपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्नुभयो ।

श्रम मन्त्रालयपछि उनको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको थियो । मुख्यसचिव अर्यालले मुख्यसचिवको जिम्मेवारी १५ महिना पुरा गरेर आगामी २०८२ मंसिर २४ गते अनिवार्य अवकाश पाउनेछन् ।