जनता टाइम्स

१३ भाद्र २०८१, बिहीबार २३:५६

टेक्सासमा नेपाली बिद्यार्थी मुनाको हत्यामा संलग्न अभियुक्त पक्राउ, डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्याको अभियोग दायर


टेक्सास, भदौ १३ । टेक्सासको ह्युष्टनमा नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या गरेको अभियोगमा पक्राउ गरिएको व्यक्ति बबी सिंह शाह रहेको प्रहरीले बताएको छ । पाण्डेको हत्या अभियोगमा शाहविरुद्ध प्रहरीले जघन्य हत्याको अभियोग लगाएको छ ।

अभियुक्त ५१ वर्षीय शाहविरुद्ध २६२ औं स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्याको अभियोग दायर गरिएको हो । ह्यारिस काउन्टी जिल्ला सरकारी वकिलको कार्यालयलाई सम्पर्क गरी उनीविरुद्ध जघन्य हत्याको अभियोग लगाएको थियो ।

शाहलाई बुधबार बेलुका ८ बजे लगत्तै उत्तरपश्चिम ह्युस्टन ट्राफिक स्टपमा पक्राउ गरिएको हो । ह्युष्टन प्रहरीको विशेष हतियार र रणनीति टिमका अधिकारीहरू, ह्युष्टन प्रहरीको अपराध न्यूनीकरण इकाई र टेक्सास डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीको समन्वयकारी प्रयासबाट शाहलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । शाहलाई ह्यारिस काउन्टी जेलमा राखिएको छ ।

प्रहरीले बुधबार दिउसो संदिग्धको फोटो सार्वजनिक गरेको गरेको केही घण्टापछि उनलाई पक्राउ गरेको हो । सीटीटिभी फुटेजबाट लिइएको फोटो अगस्त २४ शनिबार राती ९ बजेर ४८ मिनेटको रहेको प्रहरीले बताएको छ । जघन्य हत्याको मुद्दामा दोषी ठहर भएमा टेक्सासमा मृत्युदण्ड समेत हुनसक्ने प्रावधान रहेको छ । टेक्सासमा जघन्य हत्याको अभियोग हत्याको सबैभन्दा गम्भीर रूप हो ।

टेक्सासको कानुन अनुसार जघन्य हत्या पुष्टी हुनका लागि विशिष्ट उत्तेजित परिस्थितिहरु पूरा गर्दछ । अपहरण वा लुटपाटका क्रममा कसैको हत्या भएमा त्यसलाई जघन्य हत्या मान्न सकिन्छ भने चोरी वा आगजनी जस्ता अन्य अपराधको कार्यको क्रममा व्यक्तिको हत्या भएमा पनि त्यसलाई जघन्य हत्या मान्न सकिन्छ ।

टेक्सासमा यस्तो हत्याको सजाय या त बिना परोल आजिवन जेल वा मृत्युदण्ड हो । टेक्सासमा पहिलो डिग्री हत्यामा दोस्रो डिग्री हत्याको तुलनामा ठूलो सजाय हुन्छ । तर जघन्य हत्या टेक्सासमा तिनीहरू दुवैको शीर्षमा रहेको छ । टेक्सास अमेरिकामा मृत्युदण्डलाई अनुमति दिने २७ राज्यहरू मध्ये एक हो ।

त्यस्तै यौन आक्रमण र बदला लिने हत्यालाई पनि जघन्य हत्या मान्न सकिन्छ । हत्याका लागि अपराधीलाई भुक्तान गरिएको वा भुक्तानीको वाचा गरिएको सन्दर्भमा पनि जघन्य हत्या अभियोग लाग्नसक्छ ।

टेक्सासमा यस्तो हत्याको सजाय या त बिना परोल आजिवन जेल वा मृत्युदण्ड हो । टेक्सासमा पहिलो डिग्री हत्यामा दोस्रो डिग्री हत्याको तुलनामा ठूलो सजाय हुन्छ । तर जघन्य हत्या टेक्सासमा तिनीहरू दुवैको शीर्षमा रहेको छ । टेक्सास अमेरिकामा मृत्युदण्डलाई अनुमति दिने २७ राज्यहरू मध्ये एक हो ।

नेपाली बिद्यार्थी मुना सोमबार साँझ गोली लागेको अवस्थामा अपार्टमेन्टमा मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा फेला पारेको थियो । हत्याको कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ ।