काठमाडौं, भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित संघीय संसद्का दुवै सदनका सांसदहरूले एकसाथ ध्यान र योग गर्नुभएको छ । जीवन विज्ञान प्रतिष्ठानले संसद् सचिवालयसँग आज आयोजना गरेको स्वजागरण कार्यक्रम अर्थात ध्यान र योगमा प्रधानमन्त्री ओलीसहित सांसदहरु सहभागी हुनुभएको हो ।
शिविरमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसहित संसदका पदाधिकारीसहित सांसद रहेका दलका प्रमुख नेताहरु सहभागी हुनुभएको छ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा भने शिविरमा देखिनु भएन ।
‘व्यक्तिभित्र अन्तर्निहित स्वास्थ्य, सुख, आत्मविश्वास, प्रेम, ज्ञान, सङ्कल्प र आनन्दका असीमित क्षमताहरू योग, ध्यान, साधनाका वैज्ञानिक र मनोविज्ञानका गहिरा सूत्रको प्रयोगबाट प्रकट गर्न सरकारका विभिन्न अङ्ग, निकाय तथा गैरसरकारी सङ्घसंस्थाहरूसँग सहकार्य गर्दै आएको जीवन विज्ञानले नेपाली माटोमा जन्मिएर हालसम्म विश्वका ७० भन्दा बढी मुलुकहरूमा वैज्ञानिक अध्यात्मको प्रयोगसम्बन्धी सेवा विस्तार गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्