जनता टाइम्स

२७ आश्विन २०७६, सोमबार ००:००

ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु, १५ घाइते


माउ, असोज २७

भारतको उत्तर प्रदेशको मोहम्मदाबादमा सोमबार बिहान एक घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु हुनुका साथै अरु १५ जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार सिलिन्डर विस्फोटबाट दुई तले घरमा ठूलो क्षति पुगेको थियो ।

भत्केको घरभित्र केही व्यक्ति पुरिएको आशंकामा प्रहरीले खोजतलास गरिरहेको छ । उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै तत्काल सबै सम्भाव्य उपाय अवलम्बन गरी उद्धार र उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।