जनता टाइम्स

१६ भाद्र २०८१, आईतवार ०९:३७

एकाबिहानै किन जंगिए पूर्वमन्त्री गोकुल बास्कोटा ? कस्ले गर्यो यति ठूलो षडयन्त्र ?


काठमाडौं, भदौ १६ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटा अगाडि प्रेमभावको नाटक गरेर पछाडिबाट सिध्याउन लाग्नेहरुबाट टाढै रहनु राम्रो भन्दै जंगिनुभएको छ ।

आफ्नै पार्टी नेकपा एमालेका नेताहरुतिर तिर सोझ्याउँदै पूर्वसञ्चारमन्त्री बास्कोटाले एकाबिहानै यस्तो अभिब्यक्ति दिनुभएको हो । ‘प्रष्ट भन्दा ढोंगी, खुल्ला भन्दा गुप्त, अगाडि ज्यूहजुरी गर्ने भन्दा पछाडि छुरा रोप्ने, अगाडि प्रेमभावको नाटक गर्ने पछाडि सिध्याउन जाल थापेर मौकाको खोजीमा भौतारिने मान्छेहरुसँग नजिक हैन टाढा बसेकै राम्रो,’ बास्कोटाले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

बास्कोटा को यो भनाई नेकपा एमालेकै नेतातर्फ संकेत गरिएको हो । बास्कोटाको यो भनाईले आफूबिरुद्ध गम्भीर षडयन्त्र भइरहेको संकेत गरेको छ भने एमाले नेतादेखि कार्यकर्तासम्म फोन गरेरै कस्ले के गर्यो भन्दै बाँस्कोटालाई सोध्न थालेका छन ।

गोकुलको भनाई जस्ताको तस्तै

प्रष्ट भन्दा ढोंगी, खुल्ला भन्दा गुप्त,अगाडी ज्युहजुरी गर्ने भन्दा पछाडी छुरा रोप्ने,अगाडी प्रेमभावको नाटक गर्ने पछाडी सिध्याउन जाल थापेर मौकाको खोजीमा भौतारिने मान्छेहरुसगं नजिक हैन टाढा बसेकै राम्रो।न कसैको सहकार्य र सहयोगको अपेक्षा न कसै प्रतिको दुखेसो।प्रष्ट बक्ता सुखी भःव ।