जनता टाइम्स

१६ भाद्र २०८१, आईतवार १५:०८

मुसलधारे पानीमा रुझ्दै न्याय परिषदअगाडि बारको धर्ना, यस्तो छ एक सूत्रीय एजेण्डा


काठमाडौं, भदौ १६ । मुसलधारे बर्षाको पर्वाह नगरी बरिष्ठ वकिलहरु न्याय परिषद अगाडि धर्नामा बसेका छन । गैरसंवैधानिक रूपमा न्यायाधीशहरुको नियुक्ति गर्न लागेको भन्दै नेपाल बार एशोसिएसनले न्याय परिषदको सचिवालयमा आज धर्ना दिएको हो ।

न्याय परिषद्ले गैरसंवैधानिक रूपमा न्याय परिषद् नियमावली संशोधन गरेर विगत एक वर्षदेखि सोही नियमावलीमार्फत न्यायाधीश नियुक्त गरिरहेको कारण धर्नामा बस्नुपरेको नेपाल बारले जनाएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषदले नियमावली संशोधन गरी न्यायाधीशहरूलाई दुईवटा वर्गमा विभाजन गरेको कारण आफूहरु सडकमा उत्रनुपरेको बताउनु भयो ।

मर्यादाक्रमलाई फरक पर्नेगरी कुनै कानून बनाइने छैन भन्ने संविधानको धारा १४१ को उपधारा ३ को व्यवस्थाको बर्खिलाप हुनेगरी न्यायपरिषदले नियमावली जारी गरेको भन्दै नियमावली अनुरूप न्यायाधीश नियुक्त हुँदा गैरसंवैधानिक हुने अध्यक्ष घिमिरेका तर्क छ ।

बनरे पटक–पटक यस विषयमा ध्यानाकर्षण गराउँदा पनि न्याय परिषदले नसुनेको कारण बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको जानकारी घिमिरेले दिनुभयो । उहाँले गैरसंवैधानिक नियमावली खारेज नभएसम्म न्यायाधीश नियुक्ति गर्न नदिने एकसूत्रीय एजेण्डासमेत बताउनु भयो ।