जनता टाइम्स

२७ आश्विन २०७६, सोमबार १५:५७

फेरि घट्यो सुनको मुल्य


काठमाडौं, असोज २७ । बिगत केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य घट्ने क्रम आज पनि जारी रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ७० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यो मूल्य अघिल्लो दिनको भन्दा १०० रुपैयाँ कम हो । आइतबार ७० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर ६९ हजार७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलामा ६९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी ८४५ रुपैयाँमा कारोबार भइरहेको छ ।