पोखरा, भदौ १७ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय हेरफेर गरी बनतिर पठाएपछि असन्तुष्टि जनाउँदै स्वतन्त्र सांस्द गण्डकीका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिनुभएको छ ।
मनाङेले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री पाण्डेलाई राजीनामा पठाउनु भएको हो । नेकपा एमाले सरकारमा सहभागी भएपछि मुख्यमन्त्री पाण्डेले मनाङेको मन्त्रालय फेर्नुभएको थियो ।
यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रहनुभएका मनाङेलाई परिवर्तन गरी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, जुनियरलाई दिने मन्त्रालय भन्दै मनाङेले मुख्यमन्त्रीसँग असन्तुष्टि जनाई राजीनामा दिनुभएको हो ।
मनाङेले वन मन्त्रालय मनाङबाट निर्वाचित सांसद मुनिन्द्रजंग गुरूङलाई दिन माग गर्नुभएको छ । मनाङेलाई मुख्यमन्त्री पाण्डेले कांग्रेसकै कोटाबाट मन्त्री बनाउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्