जनता टाइम्स

१७ भाद्र २०८१, सोमबार २३:२३

नागरिकता पाएपछि प्रकाशले भेटे प्रधानमन्त्री ओली


काठमाडौं, भदौ १७ । प्रधानमन्त्री कपी शर्मा ओलीसँग लामो समय हराएर परिवारसँग भेटन सफल भोजपुरका प्रकाश तामाङलई भेटनु भएको छ । प्रधानमन्त्री ओलीकै पहलमा घरमै नागरिकता प्राप्त गर्नुभएका प्रकाश आज प्रधानमन्त्री निवास बालुवाटार आइपुग्नु भएको हो ।

सानै उमेरमा काठमाडौंबाट हराएर चुमभ्याली पुग्नुभएका प्रकाश हेर्ने कथामार्फत बाबुआमा भेटेर फर्केको कथा बाहिर आएको र नागरिकता नपाएको पत्ता लागेपछि प्रधानमन्त्री ओलीले हालका मुख्यसचिव तथा तात्कालिन गृहसचिव एकनारायण अर्याललाई बोलाएर प्रकाशले नागरिकता पाउने गरी आवश्यक ब्यवस्था मिलाउनका लागि निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्रीकै पहलमा प्रकाशलाई भाजपुरस्थित घरमै पुगेर प्रकाशनले नागरिकता दिएको हो । नागरिकता पाएपछि अभिभावक भेटने भन्दै प्रकाश काठमाडौं आएर प्रधानमन्त्री ओली भेटन बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्री ओलीले आज साँझ आफूले प्रकाशलाई भेटेको तस्विर सार्वजनिक गर्दै खुसी ब्यक्त गर्नुभएको छ ।

‘प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनु भयो । नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ । खुसी लाग्यो,’ प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।