जनता टाइम्स

१७ भाद्र २०८१, सोमबार २३:५८

गृहले गर्यो तीन डिआइजीको सरुवा, बिमानस्थलमा किरण राणा


काठमाडौं, भदौ १७ । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै आज तीन जना डिआइजीको काज सरुवा गर्नुभएको हो ।

गृह मन्त्रालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा किरण राणालाई सरुवा गरिएको छ । यस्तै उपत्यका ट्राफिक प्रहरी कार्यालयमा भरतबहादुर बोहरा र कृष्णहरि शर्मा पोखरेललाई प्रदेश प्रहरी कार्यालय बागमती सरुवा गरिएको छ ।

डीआइजी विष्णु केसी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा भएपछि बागमती प्रदेशमा डीआइजीको पद रिक्त थियो । यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र उपत्यका ट्राफिकमा पनि केही समयदेखि डिआइजी पद रिक्त रहेको थियो ।