काठमाडौं, भदौ २७ । नेकपा एमालेका युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध शोभा पाठकले हालेको मुद्दा अदालतले खारेज गरिदिएको छ । उच्च अदालत पाटनले दावी नपुग्ने ठहरसहित शोभाको मुद्दा खारेज गरिदिएको हो ।
जिल्ला अदालत काठमाडौंमा हालेको रीट खारेज भएपछि शोभाले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गर्नुभएको थियो । दायर रिटमा सुनुवाई गर्दै न्यायाधीश ऋषि राजभण्डारी र खडानन्द तिवारीको संयुक्त इजलाशले शोभा पाठकले महेश बस्नेतबिरुद्ध हालेको मुद्दा खारेज गर्ने निर्णय गरेको उच्च अदालत पाटनका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिनुभएको छ ।
एमाले नेता बस्नेतविरुद्ध शोभाले बलात्कार, भ्रुण हत्या तथा डकैतीको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्नुभएको थियो । सुरुमा सीधै प्रहरीमा जाहेरी दिएकोमा दर्ता नभएपछि हुलाकमार्फत उहाँले दर्ता गर्नुभएको हो ।
प्रहरी अनुसन्धानमा उल्टै शोभाले महिलाले बस्नेतबाहेक अरु केही पुरुषलाई पनि ब्ल्याकमेल गरेर दुःख दिएको र बिहे गर्दै अंश मुद्दा हाल्ने गरेको तथ्य खुलेको थियो । पूर्वमन्त्री बस्नेतमाथि पनि शोभाले लगाएका आरोप पुष्टि नभएपछि प्रहरीले मुद्दा अघि बढाएको थिएन । अदालतले पनि शोभालाई सवक सिकाउँदै मुद्दा खारेज गरिदिएको हो ।
शोभाको जाहेरीको दाबी नपुग्ने भन्दै प्रहरीले मुद्दा नचल्ने सिफारिस गरेको थियो । प्रहरीको सिफारिसबमोजिम सरकारी वकिलको कार्यालयले शोभाको जाहेरी झुटो देखिएपछि मुद्दा नचल्ने गरी मुल्तबीमा राखेको थियो । त्यसविरुद्ध पाठक अदालत गएकोमा अदालतले सरकारी वकिलको निर्णय सदर गर्दै मुद्दा चलाउनुपर्ने उहाँको माग अश्वीकार गरेको हो ।
प्रहरी अनुसन्धानमा उल्टै शोभाले महिलाले बस्नेतबाहेक अरु केही पुरुषलाई पनि ब्ल्याकमेल गरेर दुःख दिएको र बिहे गर्दै अंश मुद्दा हाल्ने गरेको तथ्य खुलेको थियो । पूर्वमन्त्री बस्नेतमाथि पनि शोभाले लगाएका आरोप पुष्टि नभएपछि प्रहरीले मुद्दा अघि बढाएको थिएन । अदालतले पनि शोभालाई सवक सिकाउँदै मुद्दा खारेज गरिदिएको हो ।
प्रतिक्रिया दिनुहोस्