जनता टाइम्स

२८ आश्विन २०७६, मंगलवार १२:२६

राष्ट्रिय टिमको कप्तानी छोडेको पारसको घोषणा


काठमाडौं, असोज २८

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानी छाडेको घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काले विज्ञप्ति जारी गर्दै कप्तानी छाडेको घोषणा गरेका हुन् ।

खड्काले सामाजिक सञ्जालबाट कप्तानी छाडेको घोषणा गरेका हुन् । यद्यपी उनले टोलीबाट भने खेल्ने विषयमा कुनै उल्लेख गरेका छैनन् । झण्डै एक दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले कप्तान पद छाड्ने निर्णय लिएका हुन् । उनको नेतृत्वमा नेपालले टि–ट्वान्टी विश्वकप क्रिकेट खेलेको थियो ।

उनको कप्तानीमा नेपालले टी-ट्वान्टी विश्वकप खेल्यो भने एक दिवसीय मान्यता पनि पायो । अब नेपाल टेष्ट नेशन बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको बेला पारसले कप्तानी हस्तान्तरणको निर्णय लिएका हुन् ।