रवि लामिछानेको नाममा खाता खोल्न लगाउनु भयो, मैले खाता खोलेको थिएँ । उक्त खतावाला को हुन ? मलाइ थाहा भएन । यस विषयमा समाचारमा रोशनीले नै पूर्वउपप्रधान तथा गृहमन्त्री एवं प्रतिनिधि सभाका माननीय सदस्य रवि लामिछानेको खाता खोलेको भन्ने समाचार आएर मलाई साथीहरुले लिंक पठाउन थालेपछि यस्तो पो रहेछ कि भन्ने मलाई लाग्यो ।
काठमाडौं, असोज ६ । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले व्यवस्थापक सागर केसीको आदेशअनुसार आफूले रवि लामिछानेको नाममा २ करोड रुपैयाँ जम्मा गरेको बयान दिनुभएको छ ।
सहकारी ठगीका विषयमा छानबिनका लागि गठन भएको संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले यस्तो बयान दिनुभएको देखाएको हो । उहाँले आफूले रवि लामिछानेको नाममा सहकारीमा खाता खोलिदिएको बयानसमेत दिनुभएको छ ।
रोशनीले बयानमा भन्नुभएको छ, ‘रवि लामिछानेको नाममा खाता खोल्न लगाउनु भयो, मैले खाता खोलेको थिएँ । उक्त खतावाला को हुन ? मलाइ थाहा भएन । यस विषयमा समाचारमा रोशनीले नै पूर्वउपप्रधान तथा गृहमन्त्री एवं प्रतिनिधि सभाका माननीय सदस्य रवि लामिछानेको खाता खोलेको भन्ने समाचार आएर मलाई साथीहरुले लिंक पठाउन थालेपछि यस्तो पो रहेछ कि भन्ने मलाई लाग्यो । संस्थामा हामीले व्यवस्थापक सागर केसीले भने अनुसार सबै काम गर्ने गर्थ्यौं ।’ रोशनीले बयानको क्रममा रबिसँग नाम जोडिएपछि आफ्नो जीवन नै बर्वाद भएको समेत बताउनु भएको छ ।
समितिमा बयान दिने क्रममा सुप्रिम सहकारीका कर्मचारी गुरुङले आफूलाई व्यवस्थापकले फसाएको बताउनु भएको छ । ‘डकुमेन्टबिनै रवि लामिछानेको नाममा खाता खोलेर चेक साट्नाले आफ्नो जिन्दगी नै बरबाद भयो,’ बयानमा गुरुङले भन्नुभएको छ, ‘रविको केसमा जोडिएपछि मेरो जिन्दगी डामाडोल भएको छ । मेरो जिन्दगी बिग्रियो ।’
उहाँले बयानको क्रममा आफूले सहकारीका ब्यवस्थापकले अह्राएको काम गर्दा फसेको बताउनु भएको छ । ‘रविको नाममा डकुमेन्ट नहुँदा पनि भौचर कसरी साट्ने भनेर मैले भने । तर मलाई व्यवस्थापकले जे अह्राएको छ, त्यो गरेर ल्याउनु भनेपछि म कामदारको हैसियतमा चेक साट्न गएको हो‚’ गुरुङको भनाई थियो । बयानकै क्रममा रोशनी धुरुधुरु रुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्