जनता टाइम्स

९ आश्विन २०८१, बुधबार ०१:१९

श्रद्धाञ्जली सभामा उपस्थित हुन प्रवासी नेपाली मञ्च महिला बिभागको अपिल


अमेरिका, असोज ९ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय महिला बिभाग प्रमुख कुन्ती थापाले यही सेप्टेम्बर २७ तारिक आयोजना गरिएको श्रद्धाञ्जली सभामा उपस्थित हुन प्रवासमा रहेका सवै नेपालीलाई अपिल गर्नुभएको छ ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य तथा स्कूल बिभाग प्रमुख गोबिन्द पौडेलक धर्मपत्नी तिलकुमारी गौतमको निधनमा महिला बिभागले २७ सेप्टेम्बरमा जुममार्फत शोकसभाको आयोजना गरेको छ । बेलायत निवासी गौतमको ४५ बर्षको उमेरमा गत अगस्त २९ तारिक निधन भएको थियो ।

मञ्चका नेता पौडेलमा पर्न गएको दुःखलाई कम गर्न र मृतआत्माको शान्तिको कामनाका सहित महिला बिभागले १३औं दिन शोकसभाको आयोजना गरेको हो । एउटा प्रवासी नेपालीको दुःखमा सवै प्रवासी नेपालीको साथ हुनुपर्छ भनेर कार्यक्रम आयोजना गरिएको महिला बिभाग प्रमुख थापाले बताउनु भयो ।

उहाँले सो कार्यक्रममा सहभागी भई श्रद्धाञ्जली अर्पण गर्न पनि आग्रह गर्नुभयो ।