जनता टाइम्स

१७ आश्विन २०८१, बिहीबार १९:५०

ओएनएफ टेक्ससले गर्यो डायस्पोरा र शिक्षाका सवालमा एमाले नेताद्वय बिन्दा र समिकसँग ड्यालसमा बहश


टेक्सास (अमेरिका), असोज १७ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका टेक्सास राज्य कमिटीले नेकपा एमालेका केन्द्रीय सदस्य बिन्दा ढुङ्गाना र अनेरास्वबियूका अध्यक्ष समिक बडालको सम्मानमा ड्यालसमा स्वागत समारोह आयोजना गरेको छ ।

संगठनको कामको सिलसिलामा अमेरिका भ्रमणमा रहनुभएका एमालेका नेताद्वयलाई प्रवासी नेपालीहरुको तर्फबाट द्वारा ड्यालसमा स्वागत गरिएको हो । उक्त अवसरमा एमाले नेता ढुङ्गाना र अध्यक्ष बडालसँग नेपालको राजनीतिक अवस्था र प्रवासीको मुद्दाका बिषयमा अन्तरक्रिया गरिएको छ ।

प्रवासी नेपाली मन्च टेक्सास राज्य कमिटीका अध्यक्ष राजु नेपालको अध्यक्षता र सचिब मनिस थापाको सन्चालनमा सम्पन्न अन्तरकृयामा एमाले सदस्य बिन्दा ढुङ्गानाले नेपाली डायस्पोराका सवालमा नेकपा एमाले सधै गम्भीर रहेको बताउनु भयो ।

एमाले संविधान संशोधन गरेर डायस्पोराका सवाललाई सम्बोधन गर्न दृढ रहेको बताउँदै नेतृ ढुंगानाले डायस्पोराले पनि प्रवासमा बसेर नेपाल प्रति निराशा होईन, आशा जगाउने बिषयबस्तु सन्चार गर्न आग्रह गर्नुभयो ।

अनेरास्ववियुका अध्यक्ष बडालले नेपालको शिक्षा नीतिमा सुधार गर्नका लागि अवको शिक्षा नीति कस्तो हुनु पर्दछ भनेर स्वदेशदेखि बिदेससम्ममा बहस हुनुपर्ने आबश्यकता औंल्याउनु भयो ।

नेपालमा उद्धमशिल शिक्षा नभएका कारण शैक्षिक प्रमाण पत्र बोकेर बर्षेनी हजारौं नेपाली बिद्यार्थीहरु बिदेसिनु परिरहेकाले नेपाली बिद्यार्थीहरुको बिदेश पलायन रोक्न शिक्षा नीतिमा आबश्यक सुधार गर्न आबश्यक भईसकेको अध्यक्ष बडालको भनाई थियो ।

नेपालमा अवको शिक्षा नीति कस्तो हुनु पर्दछ भनेर अनेरास्ववियूले बहस थालिसकेको बताउँदै बडालले त्यसका लागि अन्तराष्ट्रिय अभ्यास, बिभिन्न अन्तराष्ट्रिय बिद्यार्थी संगठनहरुसँग सहकार्य र सन्जाल निर्माण गर्ने काम भइरहेको जानकारी पनि दिनुभयो ।

उक्त अवसरमा कार्यक्रममा सहभागीहरुले नेपाली डायस्पोराको अवस्था, नेपाल सरकार तथा पार्टीले ध्यान दिनुपर्ने सवालहरु लगायत बिभिन्न बिषयबस्तुहरुको सुझाव राखेका थिए ।