जापान, असोज १९ । प्रवासी नेपाली मञ्च जापान, तोकाई नागोया क्षेत्रीय कमिटीको अध्यक्षमा नरेश राई पुनः सर्वसम्मत चयन हुनुभएको छ । यही सेप्टेम्बर २२ तारिक सम्पन्न पाचौं अधिवेशनले राईलाई पुन: अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरु पनि सर्वसम्मत चयन गरेको छ । नागोयाको आईची पीस मेमोरियल हलमा भएको अधिवेशनले उपाध्यक्षमा मनोज खनाल, सचिवमा राजकुमार भण्डारी, उपसचिवमा सरोज काफ्ले र सुनिल मिजारलाई चयन गरेको छ ।
यस्तै कार्यसमिति सदस्यहरुमा राजेन्द्र लम्साल, रविन सापकोटा, गंगाप्रसाद सापकोटा, किरण कँडेल, रविन्द्र कार्की, बिबिता सिटौला, भगवती गुरूङ, कोपिला आचार्य कँडेल, रामकुमार तमाङ र प्रविन गुरूङ चयन हुनुभएको छ ।
अधिवेशनमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्यद्वय डा. सरोज कँडेल र सुरेश केसी, प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष कुलचन्द्र खरेल, उपाध्यक्ष प्रकाश ढकाल, प्रवासी नेपाली मञ्च नागोयाका इन्चार्ज अर्जून केसी लगायतका नेताहरुको संगठनको भूमिका र आगामी दिनमा गर्नुपर्ने कामबारे सबिस्तार चर्चा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्