जनता टाइम्स

२ कार्तिक २०७६, शनिबार ०७:५७

मस्जिदमा शक्तिशाली विष्फोट, ६२ जनाको मृत्यु


काठमाडौं, कात्तिक २   अफगानिस्तानमा शुक्रबार नमाजका क्रममा एक मस्जिदमा भएको बम विष्फोटमा ६२ जनाको मृत्यु भएको छ ।अधिकारीका अनुसार पूर्वी नानगहर प्रान्तको एक मस्जिदमा शुक्रबारको नमाजका क्रममा विष्फोट भएको हो । यो बम हमलामा दजर्नौँ मानिसहरु घाइते भएका छन् । विष्फोटका कारण मस्जिदको छत समेत ढलेको छ । यो इलाकामा इस्लामिक स्टेट र तालिबान दुवै सक्रिय छन् तर अहिलेसम्म बम हमलाको जिम्मेबारी कसैले लिएको छैन ।