जनता टाइम्स

१४ कार्तिक २०८१, बुधबार २२:३८

प्रधानमन्त्रीद्वारा नेपाली टोलीलाई धन्यवाद : उपाधि जित्न नसके पनि उत्कृष्ट खेलेको भन्दै प्रशंसा


काठमाडौं, कात्तिक १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको भन्दै प्रशंसा गर्नुभएको छ ।

आज भएको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध २–१ गोलले जितेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट अब अर्को खेल जित्ने गरी मेहनत हुने विश्वास व्यक्त गर्दै नेपाली टोलीलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले विजयी टिम र खेलाडीलाई पुरस्कार प्रदान समेत गर्नुभएको छ । दशरथ रंगशालामा  खेल सकिएलगत्तै प्रधानमन्त्री ओलीले पुरस्कार प्रदान गर्नुभएको हो ।