काठमाडौं कात्तिक १५ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य भइ गठन भएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रवासी नेपालीमा मरिसकेको आत्मबिश्वास जगाउने काम गरेको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए), प्रवासी नेपाली मञ्चदेखि नेपाल बाहिरका नेपालीका लागि क्रियाशिल सवै संगठनका नेताहरुले सरकारले सही कदम चालेको र समस्यामा परेका नेपालीको पीडामा मल्हम लगाउने काम गरेको निचोड निकालेका हुन ।
सरकार गठनपछि प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलको छुटटाछुटै अमेरिका भ्रमणको क्रममा प्रवासी नेपालीप्रति देखाउनु भएको माया र सकारात्मक बुझाइको कारण अव नेपाल बन्छ भन्ने आत्मबिश्वास पैदा भएको हो ।
प्रधानमन्त्री अमेरिकाबाट फर्केलगत्तै टेक्सस र क्यालिफोर्निया तथा युएइमा मा महाबाणिज्य दूतावासको स्थापना गर्ने निर्णयले अव सरकार आश्वासन मात्रै दिने होइन, काम गर्छ भन्ने बिश्वास पैदा भएको प्रवासी नेताहरुको निश्कर्ष छ । यति मात्रै होइन सरकारले बैदेशिक रोजगारको क्रममा ज्यान गुमाउने नेपालीका परिवारप्रति पनि आफ्नो ध्यान केन्द्रित गरेको छ ।
स्वदेशमा रोजगारीको अभावमा बिदेसिदाँ रोजगारीको क्रममा ज्यान गएमा परिवारलाई १० लाख रुपैया दिने निर्णय गरेपछि अमेरिका, युरोपतिर मात्रै होइन, मध्यपूर्वमा श्रमका लागि गएका कामदार पनि आफूहरुको पीडामा सरकार मल्हम लगाएको महसुस गरिरहेका छन । सरकारको यो कामलाई दह्रो साथ दिँदै उनीहरुले अव बैधानिक माध्यमबाट रेमिट्यान्स पठाएर देश बनाउन योगदान गर्ने अठोट लिएका छन ।
बिश्वभर छरिएर रहेका नेपालीमा आफ्नो समस्याप्रति अहिलेको सरकार निकै गम्भीर बनेको र सकारात्मक परिणामका लागि पहलकदमी लिइरहेको अनुभूति भएको छ । मध्यपूर्वमा मात्रै होइन युरोप, अमेरिका, ओसियाना र पूर्वएशियामा रहेका नेपालीमा आसा जगाएको छ, यस कामका लागि सम्माननीय प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका सवै सदस्य र सत्तारुढ दलहरुलाई धन्यवाद दिएका छन
प्रवासी नेपाली मञ्च ( ओएनएफ) अन्तराष्ट्रिय कमिटीका उपसचिव तथा प्रचार बिभाग प्रमुख चानक पोखरेल प्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीले अमेरिका भ्रमण र त्यसक्रममा दोहामा भएको प्रवासी नेपालीसँगको भेटमा दर्साएको मायाले प्रवासी नेपालीको मनोबल उच्च बनेको निश्कर्ष सुनाउनु हुन्छ ।
‘बिश्वभर छरिएर रहेका नेपालीमा आफ्नो समस्याप्रति अहिलेको सरकार निकै गम्भीर बनेको र सकारात्मक परिणामका लागि पहलकदमी लिइरहेको अनुभूति भएको छ । मध्यपूर्वमा मात्रै होइन युरोप, अमेरिका, ओसियाना र पूर्वएशियामा रहेका नेपालीमा आसा जगाएको छ, यस कामका लागि सम्माननीय प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका सवै सदस्य र सत्तारुढ दलहरुलाई धन्यवाद दिएका छन,’ जनताटाइम्स डटकमसँगको कुराकानीमा प्रधानमन्त्री ओलीको योजना र सरकारले अघि बढाएको कामका कारण प्रवासीमा आत्मबिश्वास पलाएको निश्कर्ष सुनाउँदै ओएनएफ अन्तराष्ट्रिय कमिटीका उपसचिव पोखरेलले भन्नुभयो ।
ओएनएफ उपसचिव पोखरेल बिगत तीन दशमदेखि कतारलाई कार्यक्षेत्र बनाएर आफ्नो काम र अभियान सञ्चालन गर्दै आउनु भएको छ । उपसचिव पोखरेलले नेपाल सरकारले प्रवासी नेपालीका लागि बिशेष ध्यान दिएको तथ्यले उत्साह पैदा गरेको संगठनको ठहर रहेको बताउनु भयो । यो सरकार बनेपछि ओएनएफका अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा बिश्व दौडाहमा निस्कदा प्राप्त सुझावका आधारमा आफूहरु यो निश्कर्षमा पुगेको जानकारी पनि उहाँले दिनुभयो ।
प्रवासी नेपाली मञ्चले प्रवासमा रहेका नेपालीको समस्या समाधानमा सरकार गम्भीर रहेको कारण पनि बेलायतका कार्यरत ब्रिटिस गोर्खादेखि युरोप अमिेरिकामा नागरिकताको समस्या झेलिरहेका नेपाली र मध्यपूर्वमा श्रमिकका रुपमा आएका नेपालीमा आत्मबिश्वास बढेको पोखरेलको भनाई छ । सरकारले प्रवासीको आत्मबिश्वास जगाउने काम गरेपछि अव थप समस्याहरु पनि समाधान गर्न उपसचिव पोखरेलले ध्यानाकर्षण गराउनु भयो ।
‘युरोपमा रहेका गोर्खाजको समस्या समाधना गर्न बाँकी छ । न्यूजिल्याण्डका साथीहरु अष्ट्रेलिया धाउनु पर्ने बाध्यता छ । अव सरकारले त्यो बाध्इता हटाउन न्यूजिल्याण्डमै दूतावास राख्ने काम गर्नुपर्छ,’ पोखरेलले भन्नुभयो । यस्तै उहाँले नेपाली दूतावासमा भ्रष्टाचार बढेको कारण अव नियन्त्रणका लागि बिशेष रणनीति अपनाउनु पर्ने बताउनु भयो ।
‘नेपाली दूतावासमा अनियमितता र भ्रष्टाचार निकै बढी छ । यसलाई नियन्त्रण गर्न अव सरकारले सवै दूतावासमा क्यास कारोवार नहुने ब्यवस्था गर्नुपर्छ । सवै कारोवार बैकिङ कारोवार हुनुपर्छ,’ उपसचिव पोखरेलले भन्नुभयो ।
उपसचिव पोखरेलले अव खाडी मुलुकका नेपालीको समस्या समाधानमा सरकार केन्द्रित हुनुपर्ने बताउनु भयो । कतारमै अहिले पार्सपोर्ट बनाउन समस्या भइरहेको र दूतावासले पार्सपोट बनाउने ब्यवस्था गर्न पत्र लेखेको भन्दै सो समस्याप्रति गम्भीरु बन्न सरकारलाई सुझाव दिनुभयो । उहाँले खाडी मुलुकका नेपालीले असमान ब्यवहारको महसुस गरेको भन्दै यस्तो भेदभावको अव अन्त्य हुने बिश्वास पनि ब्यक्त गर्नुभयो ।
ओएनएफ अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य प्रभु थापाले पनि ओली सरकारले अघि बढाएको योजना र सुरुवाती कामले प्रवासमा आत्मबिश्वास जगाएको निश्कर्ष सुनाउनु भयो । ‘अहिलेको सरकारले जे काम अघि बढाएको छ । यस्ले प्रवासमा रहेका सवैको मनोबल माथि उठाएको छ । सरकारले अव बिश्वमा जहाँ रहेको भएपनि हरेक नेपालीको सीप र पूजी मातृभूमि नेपालमा सदुपयोग गर्ने नीतिका साथ अघि बढन जरुरी छ,’ थापाको साझा निश्कर्ष छ ।
प्रतिक्रिया दिनुहोस्