काठमाडौं, कात्तिक २० । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य सिफारिश हुनुभएको छ ।
सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको सिफारिश समितिको बैठकले प्रमुख आयुक्तमा आचार्यसहित दुई जना आयुक्तको नाम सिफारिश गरेको हो । बैठकले आयुक्तमा गगन बिष्ट र दुर्गा भण्डारीको नाम सिफारिश गरेको हो।
सूचना आयोगको पदाधिकारी छनाटका लागि सिफारिस समितिमा सभामुख संयोजक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाल पत्रकार महासंघका कार्यबहाक सभापति बाला अधिकारी सदस्य रहनुभएको थियो ।
समितिले प्रमुख आयुक्तमा सिफारिश गरेको आचार्य नेपाल पत्रकार महासंघका पूर्वसभापति हुनुहुनछ भने आयुक्तमा सिफारिश हुनुभएका बिष्ट प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष र भण्डारी प्रेस चौतारी नेपालका पूर्वसचिव हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्