जनता टाइम्स

२३ बैशाख २०७६, सोमबार १६:०८

सेयर बजारमा हरियाली, शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार


काठमाडौं, बैशाख २३

सोमबार सेयरबजार नेप्से परिसुचक करिब १३ सय पुगेको छ । आईतबार १६.७१ अङ्कले घटेको परिसुचक सोमबार २१.७३ अङ्कले बढेको हो ।

सोमबार बैङ्क तथा वित्त, जलविद्युत्, उत्पादन, बिमा, लघुवित्त, होटल व्यापार सबैको सेयर मूल्य बढी सबै परिसूचकमा हरियाली छाएको छ ।

सोमबार ६३ करोड ३६ लाख ५३ हजार रुपैयाँ बराबरका २० लाख ७५ हजार ४० कित्ता सेयर किनबेच भएको छ ।

शिवम् सिमेन्ट लिमिटेड सबैभन्दा बढी सेयर कारोबार भएको छ । शिवमको प्रतिकित्ता ३८८ रुपैयाँमा ४ करोड ९४ लाख १५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

बजार बढ्दा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र मल्टिपर्पोस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।