जनता टाइम्स

३ कार्तिक २०७६, आईतबार ००:००

बुर्किनाफासो आक्रमण : अज्ञात समूहको आक्रमणबाट पाँच जना सुरक्षाकर्मीको मृत्यु, ११ जना घाइते


बुर्किनाफासो, कात्तिक ३

उत्तरी बुर्किनाफासोमा शनिबार अज्ञात समूहको आक्रमणबाट पाँच जना सुरक्षाकर्मीको मृत्यु भएको सेनाले जनाएको छ । आक्रमणबाट चार सैनिक र एक प्रहरीको मृत्यु हुनुका साथै अरु ११ जना घाइते भएका छन् । सेनाद्वारा जारी विज्ञप्तिमा बिहानीपख करिब ३ बजे लोरोम र यातेंगा प्रान्तमा एकै पटक आक्रमण भएको उल्लेख छ ।

सन् २०१५ देखि बुर्किनाफासोमा आतंकवादी आक्रमण हुने गरेको छ । यी आक्रमणबाट ५०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने दुई लाख ८० हजार मानिस विस्थापित भएका छन् । पश्चिम अफ्रिकी मुलुक बुर्किनाफासोमा पछिल्ला केही दिनदेखि आतंकवादी हमलाहरु भइरहेका छन् । यसअघि पनि यस मस्जिदमा भएको घातक हमलामा कम्तीमा १५ जनाको ज्यान गएको थियो ।