काठमाडौं, कात्तिक २९ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले आगामी २०२५ को फेब्रुअरी दोस्रोदेखि चौथो साताभित्र मध्यपूर्वमा बिधान सम्मेलन र चौथौ भौतिक पूर्ण बैठक बस्ने निर्णय गरको छ । अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा यही नोभेम्बर १० तारिक बसेको अन्तराष्ट्रिय कमिटीको बैठकले सो निर्णय गरेको हो ।
ओएनएफ अन्तराष्ट्रिय कमिटीका उपसचिव एवं प्रचार बिभाग प्रमुख चानक पोखरेलका अनुसार बैठकले चौथो भौतिक वैठक र विधान सम्मेलन गर्न मध्यपूर्व महादेश कमिटी ईन्चार्ज कमलमणि गुरागाईंको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरेको छ ।
समितिमा मध्यपूर्वबाट अन्तराष्ट्रिय कमिटीमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु सदस्य रहनुभएको छ । यस्तै बैठकले विधान संसोधन मस्यौदा तयार गर्न सचिव हेम शेर्पा नेतृत्वको संगठन विभागलाई जिम्मेवारी दिने निर्णय गरेको छ । यसैगरी बैठकले अन्तर्राष्ट्रीय कमिटीको वार्षिक कार्ययोजना पारित गरेको छ ।
यस्तै बैठकले विभाग प्रमुखहरुले प्रस्तुत गर्नुभएको प्रतिवेदन र कार्यकोखुसी ब्यक्त गर्दै आगामी वर्ष अझ वढी र प्रगतिशील कार्य गर्न निर्देशन दिएको छ । यस्तै बैठकले काठमाडौंको थापागाउँमा स्थापना गरिएको अन्तराष्ट्रिय कमिटीको कार्यालयलाई व्यवस्थित बनाउँदै प्रभावकारी रुपमा काम गर्न एक जना कार्यालय सहायक नियुक्ति गर्ने निर्णय गरेको छ ।
उपसचिव पोखरेलका अनुसार बैठकले जाजरकोटमा निर्माणाधीन स्वास्थ चौकी मंसिर १० गतेसम्म सम्पन्न हुने ठहर गर्दै काम सम्पन्न भएपछि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माको प्रमुख आतित्यमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
यसैगरी अन्तर्राष्ट्रिय कमिटीको निर्माणाधीन वेभसाइट अंग्रेजी नयाँ बर्षको अवसरमा आगामी जनवरी एक तारिक प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीकै प्रमुख आतिथ्यतामा शुभारम्भ गर्ने निर्णय बैठकले गरेको छ ।
यस्तै बैठकले प्रवासको प्रमुख समस्याका रुपमा रहेको गैर आवासीय नेपाली नागरिकतालाई सहजीकरण गर्ने र संविधान संशोधनहुँदै निरन्तरता हुने गरी भुमिका निभाउन नेकपा एमाले केन्द्रीय सदस्य तथा अमेरिका र युरोप इञ्चार्ज घनश्याम पाण्डेलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले केन्द्रीय सचिवालय बैठकले गरेको निर्णय अनुमोदन पनि गरेको छ ।
ओएनएफ अन्तराष्ट्रिय कमिटीका उपसचिव एवं प्रचार बिभाग प्रमुख चानक पोखरेलका अनुसार बैठकले चौथो भौतिक वैठक र विधान सम्मेलन गर्न मध्यपूर्व महादेश कमिटी ईन्चार्ज कमलमणि गुरागाईंको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरेको छ । समितिमा मध्यपूर्वबाट अन्तराष्ट्रिय कमिटीमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु सदस्य रहनुभएको छ ।
बैठकमा प्रवासको कामको जिम्ममेवारी पाउनुभएका एमाले केन्द्रीय सदस्यहरु घनश्याम पाण्डे, डा. सूर्य पाठक र उमाशंकर अरगरिया सहभागी हुनुभएको थियो । बैठकमा अध्यक्ष थापाले संगठनको कामलाई चलायमान बनाएर हरेक देशमा रहेका राष्ट्रिय कमिटीहरुले समस्यामा परेका प्रवासी नेपालीबीच सवैभन्दा पहिला पुग्ने अवस्था सिर्जना गर्न निर्देशन दिनुभएको छ ।
यस बर्ष संगठनले बिश्वभर चलाएको अभियानलाई निरन्तरता दिई हरेक महिना राष्ट्रिय कमिटीहरुले कुनै न कुनै रचनात्मक काम गर्न पनि अध्यक्ष थापाले निर्देशन दिनुभएको उपसचिव तथा प्रचार बिभाग प्रमुख पोखरेलले बताउनु भयो । उहाँका अनुसार बैठकले अहिलेसम्मको कामको समीक्षासमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्