डोल्पा, कात्तिक ३० । नेकपा एमाले डोल्पाको अध्यक्षमा लंकबहादुर रोकाय निर्वाचित हुनुभएको छ ।
आज सम्पन्न सातौं जिल्ला अधिवेशनबाट रोकाय सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । अधिवेशनले अध्यक्षसहित पदाधिकारी र जिल्ला कमिटी सदस्य पनि सर्वसम्मत चयन गरेको छ ।
शुक्रबार सम्पन्न जिल्ला अधिवेशनबाट जिल्ला कमिटी अध्यक्षमा लंकबहादुर रोकाय सर्वसम्मत निर्वाचित हुनुभएको कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहले बताउनु भयो । कमिटीको उपाध्यक्षमा लंकबहादुर शाही,सचिवमा जनक केसी र उपसचिवमा लोकेन्द्र राना मगर जुनी र बुढा चयन भएको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनबाट सर्वसम्मत रूपमा ७१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ ।
प्रतिक्रिया दिनुहोस्