दोलखा, मंसीर २ । दोलखाको गौरीशंकर गाउँपालिकामा हुने उपनिर्वाचनका लागि उमा शेर्पासहित १६ जनाको मनोनयन दर्ता भएको छ ।
आज भएको मनोनयन दर्तामानेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र ९ जना स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराएका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदकालागि एमालेवाट उमा लुङ्गेली मगर शेर्पा, कांग्रेसवाट पासदिकी शेर्पा, माओवादी केन्द्रवाट निम लेकी शेर्पा, राश्वपावाट गोमा श्रेष्ठ, नेकपा एसवाट रविना खड्का, राप्रपावाट मनकुमारी श्रेष्ठ र जनता समाजवादी पार्टीवाट सपना कार्की खड्काको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी ९ जना स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेमा अप्सरा विश्वकर्मा, अम्विका श्रेष्ठ, दिपक तामाङ, दिलबहादुर बस्नेत, द्धारिका बुढाथोकी, पुष्पा कार्की, मधुरा कार्की, शिव शम्भु तमाङ र सर्किमा शेर्पा हुनुहुन्छ । स्वतन्त्रमा उममेदवारी दिनेमा माओवादीका समर्थक धेरै रहेका छन ।














प्रतिक्रिया दिनुहोस्