ओखलढुङ्गा, मंसीर ३ । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा टेकराज भट्टराई सर्वसम्मत हुनुभएको छ ।
नेकपा एमाले र नेपाली काँग्रेसबीचमा सहमति हुँदै एमालेले उम्मेदवारी नदिएपछि भट्टराई सर्वसम्मत जिल्ला समन्वय समितिको प्रमुख निर्वाचित हुनुभएको हो । एकल उम्मेदवारी परे पनि निर्वाचन कार्यक्रम अनुसार प्रक्रिया पुरा गरिने निर्वाचन अधिकृत तथा निमित्त जिल्ला निर्वाचन अधिकारी विदुर बस्नेतले जानकारी दिनुभयो ।
डेढ वर्ष अघि तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।जिल्लाका ८ स्थानीय तहका १६ प्रमुख उपप्रमुख मध्ये कांग्रेसको तर्फबाट ५ पालिका प्रमुख र ४ उपप्रमुख गरी ९ जनाले जितेका छन् ।
एमालेले १ पालिका अध्यक्ष, ४ उप सहित ५, माओवादीले १ अध्यक्ष र जसपाले १ अध्यक्ष जितेका छन । जिसस ओखलढुङ्गामा नेपाली काँग्रेसको एकल एकल बहुमत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्