जनता टाइम्स

४ मंसिर २०८१, मंगलवार १३:५३

दुर्गा प्रसाईंविरुद्ध कीर्ते र मानहानी मुद्दा पनि चल्छ : सीआईबी प्रमुख थापा


काठमाडौं, मंसिर ४ । साइबर अपराध मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका विरुद्ध कागजात कीर्ते र मानहानी मुद्दासमेत चल्ने भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रमुख एआइजी दीपक थापाका अनुसार तत्काल साइबर अपराधसम्बन्धी मुद्दामा म्याद थप गरिए पनि अनुसन्धानका क्रममा उनले गरेका अन्य कसुरसमेत आकर्षित हुनेछ । उहाँले भन्नुभयो,‘कीर्ते र मानहानीको कुरा पनि आएको छ, त्यसमा पनि मुद्दा चल्छ ।’

एक व्यक्तिलाई एकैपटक एकभन्दा बढी मुद्दा चलाउने कानुनी सुविधा नभएका कारण एउटा मुद्दाको अनुसन्धानपछि अर्को मुद्दा चलाउनुपर्ने भएको थापा बताउँनुहुन्छ । उहाँले थप्नुभया,‘यीबाहेक उनका विषय अरु पनि केही कुरा आएमा अनुसन्धान हुन्छ ।’