जनता टाइम्स

५ मंसिर २०८१, बुधबार १९:२२

सञ्चारमन्त्री गुरुङको ठम्याइ : लोकरिझ्याइँंको राजनीति हावी भयो, नेपाली समाज ढोंगी भयो


काठमाडौं, मंसीर ५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकरिझ्याइँंको राजनीति गर्ने प्रबृत्ति अत्यन्ते हावी भएकोभ न्दै त्यो शैली पुर्णत गलत भएको तथ्य राख्नुभएको छ ।

बुधबार काठमाडौंमा विशिष्ट चलचित्रकर्मी परिचय पत्र वितरण कार्यक्रममा सञ्चारमन्त्री गुरुङले लोकरिझ्याइँंको राजनीति र शैलीको कारण नेपाली समाज नै ढोंगी बनिरहेको टिप्पणी पनि गर्नुभयो ।

‘हाम्रो समाज नै ढोंगी भयो । मैले के बोलिदिँदा तत्काल ताली आउँछ, त्यही मात्रै भनिदिने भोलिको दिन के काम गर्नुपर्छ भन्ने कुरा बिर्सिने । हामी जस्ता नेताको काम त्यही भइरहेको छ । त्यसकारण यो ढोंगी चिजहरु नगरौँ भन्ने मान्यता मेरो हो,’ उहाँले भन्नुभयो ।

कलाकारको बीचमा पुग्दा म पनि कलाकार थिएँ भन्ने र मजदुरको कार्यक्रममा जाँदा म पनि मजदुर नेता थिएँ भन्ने जस्ता लोकरिझ्याईंका अभिव्यक्ति दिन नहुने उहाँको भनाई छ ।

‘लोकरिझ्याइँको पोलिटिक्स गलत कुरा हो । जे सही हो सही भन्नुपर्छ, जे गलत हो गलत भन्नुपर्छ । हामी जस्तो मन्त्रीहरु सबै बुझेको छु भन्छन् । हाम्रो नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै चाहिँदैन’, सञ्चारमन्त्री गुरुङले भन्नुभयो ।