काठमाडौं, ११ मंसिर । नेपाल खेलकुद महासंघले युवा तथा खेलकुद मन्त्रीलाई दशौं राष्टि राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनामा भइरहेको ढिलाईलगायतका विषय समेटेर सोमबार ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघका कार्यवाहक अध्यक्ष धर्मकुमार श्रेष्ठद्वारा हस्ताक्षरित सो ध्यानाकर्षण पत्रमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय टरिसक्दा पनि मन्त्रालयले सो प्रतियोगिता गराउन चासो नदिएकाले खेलाडी निरास भएको जनाइएको छ । सो प्रतियोगिता यथासिघ्र आयोजना गर्न मन्त्री चौधरीको ध्यानाकर्षण गरिएको पत्रमा प्रतियोगिता अघि प्रदेशहरूमा प्रतियोगिताका लागि पठाउनु पर्ने बजेट तत्काल पठाउन पनि माग गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषदको लामो समयदेखि बैठक नबसेकामा महासंघले चासो राख्दै चाँडै बैठक बसेर आवश्यक योजना बनाउन पहल गरिदिन मन्त्री चौधरीको ध्यानाकर्षण गराएको हो । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्षलगायत रिक्त स्थान परिपुर्ति गर्न, नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरूको विदेश पलायन रोक्न आवश्यक योजना बनाउन पनि ध्यानाकर्षण पत्रमा माग गरिएको छ ।
त्यस्तै राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको जबेट कटौती गरिएकोमा आपत्ति जनाउदैं ध्यानाकर्षण पत्रमा सो प्रतियोगिताका लागि यथासिघ्र वबेटको व्यवस्था गर्न माग गरिएको छ । पत्रमा राष्ट्रिय खेलकुद परिषदका कर्मचारीको लामो समयदेखि समायोजन नगरिएकाले ऐन संशोधन गरेरै भए पनि समायोजनमा ढिलाई नगर्न र रिक्त पद पुर्ति गर्न मन्त्री चौधरीलाई सुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्