जनता टाइम्स

११ मंसिर २०८१, मंगलवार १८:२९

सेबोनका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए शपथ


काठमाडौं, मंसीर ११ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ ग्रहण गर्नुभएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसमक्ष अध्यक्ष श्रेष्ठले मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई सेबोनको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको थियो । तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल २०८० पुस २० गते सकिएको थियो । हमालको कार्यकाल सकिएको लामो समयसम्म सेबोन नेतृत्वबिहीन रहेको थियो । करिब एक वर्षदेखि नेतृत्वविहीन सेबोनले मंगलवारबाट नयाँ अध्यक्ष पाएको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठले शपथलगत्तै आफ्नो कार्यभार सम्हाल्नुभएको छ ।