जनता टाइम्स

५ कार्तिक २०७६, मंगलवार १२:५४

आफताव आलमको अपराधमा माधव नेपालको साथ !


काठमाडौं, कात्तिक ५ । बाह्र बर्षअघि रौतटहमा भएको बम बिष्फोट र इटाभट्टामा हालेर जिँउँदै जलाउने नाइके मोहम्मद आफताव आलमको अपराधमा पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाललाई नाम जोडेर अपराधीलाई नै बचाउने षडयन्त्र सुरु भएको छ । पहिलो संबिधानसभाको चुनावको अघिल्लो दिन आफतावले गरेको अपराधसँग कँहीकतै साइनो सम्बन्ध नराख्ने माधव नेपाललाई जोडेर मुद्दा कमजोर पार्ने खेल अघि बढेको हो ।

पहिलो संबिधानसभाको निर्वाचनपछि सवैभन्दा ठूलो दल पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको तात्कालिन माओवादी सरकार ढलेपछि माधव नेपाल नेतृत्वको सरकार बन्यो । कांग्रेससहित अन्य दलको साथ लिएर नेता नेपाल प्रधानमन्त्री बन्नुभया २०६६ जेठ ११ गते । सत्ता साझेदार दल कांग्रेसले आलमलाई नै मन्त्री बनाउन सिफारिश गर्यो । आलम मन्त्री बन्न लागेको सुइँको पाएपछि निर्वाचनमा उनैसँग निकटतम प्रतिद्वन्दी रहेका एमाले नेता शैलेन्द्र साहको नेतृत्वमा रौतहटबाट पार्टीको ‘डेलिगेसन’ आयो ।

नेपालले पार्टी नेताहरुको कुरा सुनेर आलमको बिषयमा तात्कालिन कांग्रेस नेतृत्वसँग कुराकानी गर्नुभयो । तर नाम फेर्न कांग्रेस तयार भएन । गठबन्धनको मुख्य दल भएकोले नेपालले कांग्रेसले पठाएको सांसदलाई मन्त्री बनाउनुको बिकल्प थिएन, आलम मन्त्री नियुक्त भए । यो घटनापछि नेता नेपालकै निकट शैलेन्द्र टाढिएका थिए ।

२०६४ साल चैत २८ गतेको संबिधानसभा चुनावको अघिल्लो दिन बम विस्फोट भयो । बुथ कब्जाका लागि बनाइएको बम बिष्फोटमा परेका मृतकलाई मात्रै होइन, घाइतेलाई समेत बेहोसीको इन्जेक्सन लगाएर बोरामा कोचेर इँटाभट्टामा हाली रातारात खरानी पारियो । यति जघन्य अपराध कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री आलमले गरेका थिए  । बहुदल आएपछि रौतहटमा एकछत्र राज गरेका आलमले भोलिपल्ट भएको चुनाव जिते । उनीसँग तात्कालिन एमालेका उम्मेद्वार शैलेन्द्र साह पराजीत बने । पराजीत शाहको नाम लिएर अहिले संयुक्त सरकारको मन्त्री बनाएको बिषयलाई लिएर माधव नेपालमाथि दोष थोपर्दै अपराधको ढाकछोप गर्न कतिपय मानिसहरु लागेका हुन ।