काठमाडौं, मंसिर १६ । स्थानीय तह उपनिर्वाचनको मतदान अहिले जारी छ । उपनिर्वाचन हुने सबै ठाउँमा शान्तिपूर्ण तवरबाट मतदान भइरहेको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो २ बजेसम्म १ लाख ११ हजारभन्दा बढीले मतदान गरेका छन् ।
उहाँले भन्नुभयो,‘पचास प्रतिशत हाराहारीमा मत खसेको छ । सबै ठाउँमा शान्तिपूर्ण मतदान भइरहेको छ ।’ नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो ।
तीन स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। उपनिर्वाचनमा १६२ मतदान स्थल, २९३ केन्द्र तोकिएका छन् । यो उपनिर्वाचनका लागि २ लाख २६ हजार ७ सय ९९ मतदाता छन् । मतदान साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । यता काठमाडौंमा मतदान सकिएलगत्तै मतगणना सुरू गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्