ओखलढुंगा, मंसिर १६ । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमाले विजयी बनेको छ ।
आज भएको उपनिर्वाचनमा एमालेका गंगा तामाङ ३९९ मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुनुभएको हो । २०५४ देखि नै नेपाली कांग्रेसले जित्दै आएको यस वडामा एमालेले यसपटक कांग्रेसको विरासत भत्काएर जीत निकालेको हो ।
उपनिर्वाचनमा दोस्रो स्थानमा कांग्रेसका घनश्याम दाहालले १७७ मत पाउनु भएको छ । त्यस्तै रास्वपाका विष्णु पोखरेलले १५१ मत ल्याउनु भएको छ भने नेकपा माओवादी केन्द्रका मानवहादुर सुनुवारले केवल २३ मत मात्रै पाउनु भएको छ । यहाँ माओवादीको धरौटी जफत भएको छ ।
निर्वाचनमा ७६८ मत खसेको थियो । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गोपी कार्कीको निधनपछि उपनिर्वाचन भएको हो ।
प्रतिक्रिया दिनुहोस्