जनता टाइम्स

१६ मंसिर २०८१, आईतवार २२:५५

दैलेखको दुल्लुमा एमालेको जीत, ३ मतले कांग्रेस हार्दा रास्वपाको जमानत जफत


दैलेख, मंसिर १६। दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ को वडाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

नेपाली कांग्रेसका उम्‍मेदवारलाई ३ मतले हराउँदै नेकपा एमालेका उम्‍मेदवार लाल बहादुर शाही निर्वाचित हुनुभएको हो । दुल्लु १३ मा एमालेका उम्मेदवार शाहीले ५ सय ७४ मत पाएर जीत निकाल्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत पाउनु भएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका ढकेन्द्र बहादुर शाहीले २७८ मत पाउनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रामबहादुर शाहीले ५३ मत मात्र पाउनु भएको छ । यहाँ रास्वपाको जमानत जफत भएको छ । यस्तै राप्रपाले १३, नेमकिपाले ४ मत पाएको छ भने ३३ मत बदर भएको छ ।