बाजुरा, मंसिर १७ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी उम्मेद्वार सुलोचना बुढा विजयी हुनुभएको छ ।
नेकपा एमालेकी उम्मेद्वारा बुढा १ हजार ७ सय ४० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी उम्मेद्वारा पुल्तिसरा शाहीले १ हजार ४ सय ७४ मत पाउनु भएको छ ।
एमाले उम्मेदवार भण्डारी बुढा २ सय ६६ मतान्तरले विजयी हुनुभएको हो । यस्तै नेकपा एकीकृत समाजवादीकी उम्मेद्वारा जवा शाहीले ५ सय ५३ मल ल्याउनु भएको छ ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा १७३ मतले पराजित हुनुभएकी एमाले उम्मेदवार बुढाले त्योभन्दा बढि मत पाउँदै उपनिर्वाचन जित्नुभएको हो । २०७९ को निर्वाचनमा एमाले काङ्ग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार मैनादेवी जैसी विजयी हुनुभएको थियो । उहाँले १ हजार ८ सय १० ल्याएर विजयी हुँदा बुढाले १ हजार ६ सय ३७ पाउनु भएको थियो ।
जोशीको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पुलतीसरा शाहीलाई २ सय ६६ मतले पछि पार्दै सुलोचना निर्वाचित हुनुभयो । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्षका लागि नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी चुनावी प्रतिस्पर्धामा थिए।
प्रतिक्रिया दिनुहोस्